खलङ्गामा लागुऔषध विरुद्ध स्वयंसेवक विकास तथा परिचालन

खलंगा। राष्ट्रिय युवा परिषदको आयोजनामा रुकुम पश्चिमको खलंगामा लागु औषध दुर्व्यसनी नियन्त्रणका लागि स्वयंसेवक विकास तथा परिचालन कार्यक्रम सम्पन्न भएको छ । यस वर्षको लागु औषध दुरुपयोग एवं ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको समेत अवसर पारेर सो कार्यक्रम आयोजना गरिएको हो।

परिषदद्वारा जिल्ला प्रशासन कार्यालयसंगको  समन्वयमा आयोजित कार्यक्रममा लागु औषध दुर्व्यसनी नियन्त्रणका लागि सचेतना अभिवृद्धि गर्न युवा स्वयंसेवकहरू उत्पादन गर्ने उदेश्यले आयोजना गरिएको परिषद्का उप सचिव कर्ण कँवरले जानकारी दिए । 

कंवरका अनुसार पहिलो चरणमा ६० जना युवाहरुलाई  लागु औषध दुर्व्यसनी सम्बन्धी अभिमुखीकरण गरिएको र उनीहरूले आफ्नो विद्यालय, समुदाय, परिवार, कार्यालय तथा संस्थामा गएर दुई दिनसम्म लागु औषध दुर्व्यसनी नियन्त्रण सम्बन्धी सचेतना फैलाउने छन् ।  परिचालित स्वयंसेवकहरूले लागु औषधले मानव स्वास्थ्य, समुदाय तथा परिवारमा पार्ने असर तथा यसबाट बच्ने तरिका लगायतका बारेमा जनजागरण तथा सचेतिकरण  गर्नेछन् । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले आजका युवालाई लागुपदार्थको डरलाग्दो महामारीवाट जोगाउन वेलैमा सवैले ध्यान पुर्याउनुर्ने वतए। कार्यक्रममा जिल्ला समन्वय अधिकारी पुण्यप्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्ट, जिल्ला युवा समिति अध्यक्ष भीमराज वली लगायतले  लागू औषध दुर्व्यसनी, यसले पुर्‍याएको असर, र त्यसबाट जोगिने उपाय लगायत बारेमा प्रस्तुतिकरण  गरेका थिए।

द्वन्द्व प्रभावित् परिवारका लागि सिप विकास
यसैगरी रुकुम पश्चिमकै मुसिकोट नगपालिकाका सहिद , वेपत्ता तथा द्वन्द्व प्रभावित् युवाहरुको लागि च्याउ खेती तालिम सञ्चालन गरिएको छ। चारदिने तालिममा ब्यवसायिक च्याउ खेतीको विस्तृत तालिम प्रदान गरिएको परिषदका उपसचिव कंवरले जनाए। कार्यक्रममा नगर प्रमुख महेन्द्र केसी , उपमेयर विमल पुन लगायतले शुभकामना दिएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर