• २०८२ असार ८ आइतबार
  • Sunday, 22 June, 2025

स्वतन्त्र सांसद अमरेश कुमारले ४,५ जिल्लाबाहेक अरू लिजमा दिउ भनेपछि संसदमा हंगामा 

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अवरोध र राप्रपाको बहिष्कारकाबीच चलिरहेको छ । 

विपक्षी दलका सांसदहरु तथा स्वतन्त्र सांसदहरुले वर्तमान सरकार र सरकारले ल्याएको बजेटमाथि निर्मम आलोचना गरिरहेका छन् । 

संघीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल सुरु भएकोछ। 

सांसदहरूले राखेको खर्च कटौतीको प्रस्तावसमेत पेस गर्दैै स्वातन्त्र सांसद अमरेश कुमार सिंहदर बजेटले जातीय, क्षेत्रीय विभेद गरेको तर्क अघि सार्दै सत्तारुढ दलका नेताहरुका विभिन्न ५ जिल्लाबाहेक अन्य जिल्लामा बजेट नगएको बताएका थिए । 

उनले भनेका थिए, ‘नेपाल सरकारलाई म आग्रह गर्न चाहान्छु–यो भाग्यमानी चार/पाँच जिल्ला जुन छन्, त्यसलाई नेपालमा राखौँ, बाँकी ७२ जिल्लालाई अर्को देशलाई लिजमा दिउ, अमेरिकालाई दिउ, भारतलाई दिउ, चीनलाई दिउ।’सिंहले थपे, ‘बजेट नै जाँदैन भने ती जिल्ला नेपालमा किन राख्ने? खाली ट्याक्स लिनलाई राख्ने?’

सांसद सिंहले दिएको अभिव्यक्तिमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति गरे । सिंहले राष्ट्रिय हित विपरित ५ जिल्लाबाहेक अन्य जिल्लालाई अरुनै देशमा लैजाने अभिव्यक्ति दिएर राष्ट्रिय हित विपरितको काम गरेको भन्दै सांसद सिंहलाई कारबाही गर्न माग गरे । सांसद सिंहका अभिव्यक्ती हटाउने मात्रै हैन कारबाही गर्नुपर्ने उनको भनाइ थियो । 

त्यसपछि सभामुख देवराज घिमिरेले सांसद सिंहका अभिव्यक्ति राष्ट्रिय हित प्रतिकुल भएको भन्दै संसदको रेकर्डबाट हटाउन निर्देशन दिए । 

आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका असिम साह र राप्रपाका धवलशमशेर राणाले आफ्ना धारणा राखेर संसद् अवरोध कायमै हुने बताएका थिए। 

त्यसपछि सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएपछि रास्वपा सांसदहरुले यसअघि झै वेल घेरेर नाराबाजी गरिरहेका छन्।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै रास्वपा र राप्रपाले गत जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आइरहेको छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर