माओवादीबाट निर्वाचित थवाङका वडाध्यक्ष गोवर्द्धनको निधन, पालिकामा शोक

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ का वडाध्यक्ष गोवर्द्धन घर्ती मगरको निधन भएको छ। मिर्गौला र कलेजोको मस्यासँग जुधिरहेका मगरको गएराति निधन भएको थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले जानकारी दिए।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका घर्तीमगरको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। अन्त्यष्ठीको लागि उनको शव गएराति नै घर पुर्याइएको थियो।

वडाध्यक्ष मगरको निधनमा थवाङ गाउँपालिकाले आज पालिकाभर शोक बिदा दिएको छ।

राेल्पाकाे संघीय जनप्रतिनिधि वर्षमान पुनले वडाध्यक्षकाे निधनमा दुःख व्य्क्त गरेका छन् ।

सामाजिक सञ्जालमा पुनले लेखेका छन्, 'थबाङ गाउँपालिका वडा नं. ५ उवा रोल्पा निवासी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट जननिर्वाचित वडा अध्यक्ष जनयुद्दका योद्धा कमरेड गोवर्धन घर्ती मगर (क.सागर) को उपचारका क्रममा निधन भएकोमा मर्माहत तुल्याएको छ । यस दुखद घडीमा क.सागर प्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दै उहाँका परिवारजनमा समवेदना व्यक्त गर्दछु ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर