• २०८२ असार ११ बुधबार
  • Wednesday, 25 June, 2025

बास्कोटाको ब्यङ्ग्यः मल र कृषिमन्त्री हरेक जेठ-असारमा बेपत्ता

काठमाडाैं । सत्तारुढ नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले हरेक वर्ष जेठ-असारमा मल र कृषिमन्त्री एकसाथ बेपत्ता हुने गरेको भन्दै प्रश्न उठाएका छन्। 

सामाजिक सञ्जाल एक्समार्फत उनले नेपालमा सत्ता तालमेलको साँचो जनताले सजिलै थाहा पाउने तर मलको अभाव र कृषिमन्त्रीको अनुपस्थितिको रहस्य कसैले नबुझ्ने गरेको टिप्पणी गरेका हुन्। 

‘बरु नेपालमा सत्ता तालमेलको साँचो कता छ भनेर साधारण जनताले सजिलै थाहा पाउँछन्। तर हरेक साल जेठ-असारमा मल र कृषिमन्त्री किन एकसाथ बेपत्ता हुन्छन् ? कसैले थाहा नपाउने भो,’ उनले लेखे।

बास्कोटाले राजनीतिमा घेराबन्दी तोड्ने कुरा धेरै सुनिएको तर मलको घेराबन्दी तोड्ने बहादुर नेता कोही ननिस्किएको भन्दै व्यंग्य गरेका छन्।

उनले थपे, ‘राजनीतिमा घेराबन्दी तोड्ने कुरा गरेको धेरै भो सुनेको तर मलको घेराबन्दी तोड्ने कुनै बहादुर नेता निस्केन। लौ न कोही छ !’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर