• २०८२ असार १५ आइतबार
  • Sunday, 29 June, 2025

रास्वपा छोडिसकेका मुकुलले महामन्त्री दावी गर्दै किन दिए उजुरी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा छाेडिसकेका डा. मुकुल ढकालले महामन्त्रीकै रूपमा काम गर्न पाउँ भन्दै दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बिहीबार सुनुवाइ गर्दै छ । 

न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

ढकालले आफू नै राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउँभन्दै रिट निवेदनमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् ।

रिट निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।

बुधबार दायर भएको रिटमाथि सर्वोच्च अदालतले बिहीबार प्रारम्भिक सुनुवाइ गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर