पठनपाठन बन्द गरेर सत्तारुढ पार्टीको अधिवेशन

जनकपुरधाम । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालले सामुदायिक विद्यालयमा पठनपाठन रोकी गाउँपालिका अधिवेशन गरेको छ । 

सप्तरीको विष्णुपुर गाउँपालिकाको वडा नम्बर ५ कट्टीस्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयमा बिहीबार अधिवेशन सञ्चालन गराएको हो । अधिवेशनको निर्वाचन तालिकाअनुसार बिहान ९ बजे मतदाता नामावली प्रकाशन गरिएको थियो । त्यसपछि विद्यालय बन्द गरेर बालबालिकालाई घर फर्काएको हो । कक्षा १ देखि ५ सम्म पठनपाठन हुने उक्त विद्यालयका विद्यार्थीलाई घर फर्काइदिँदा पठनपाठन प्रभावित भएको छ ।

विद्यालयकी प्रधानाध्यापक बबिताकुमारी यादवले जनप्रतिनिधिको निर्देशन मान्नुपर्ने बाध्यताले विद्यालयको समयअघि नै बिदा दिएको बताइन् ।  

जसपा नेपालबाट निर्वाचित वडाध्यक्ष जिवछ मण्डलले विद्यालयमा बिदा भएपछि अधिवेशन गर्ने तयार गरिरहँदा पनि भुलवस विद्यालय समयमा हुन गएको प्रतिक्रिया दिए । विद्यालय बन्द गराएर चलिरहेको अधिवेशमा गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव पनि सहभागी छन् । उनी पनि जसपा नेपालबाटै निर्वाचित भएका हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर