किशोरी बलात्कार आरोपमा वाईसीएल नगर इन्चार्ज पक्राउ

धनगढी । जबरजस्ती करणी गरेको आरोपमा रुकुम पश्चिममा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) का नेता पक्राउ परेका छन् ।
जाजरकोटकी १७ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा चौरजहारी नगरपालिका–४ का ३० वर्षीय रेशम खत्री पक्राउ परेको प्रहरीले जनाएको छ ।
सानीभेरी गाउँपालिका–२ स्थित एक होटलबाट गएराति खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी प्रमेश विष्टले जानकारी दिए ।
‘उनीमाथि १७ वर्षकी एक किशोरीलाई बलात्कार गरेको जाहेरीका आधारमा हामीले पक्राउ गरेका हौं,’ उनले भने, ‘पीडित किशोरीले गत जेठ १८ गते कार्यालयमा जाहेरी दिएकी थिइन् । तर आरोपित खत्री फरार थिए । गोप्य सूचनाका आधारमा हिजो उनलाई पक्राउ गरिएको छ ।’
उनलाई आजै रुकुम जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
आरोपित खत्री वाईसीएलका कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर कमिटी इन्चार्ज हुन् ।
प्रहरीका अनुसार बलात्कृत किशोरी परिवारकै सम्पर्कमा छिन्। रेशमले फकाएर जाजरकोटकी १७ वर्षीया किशोरीलाई २०७९ चैतमा चौरजहारीको एक होटेलमा लगेर बलात्कार गरेकाे आरोप छ।
पीडित किशोरीका अनुसार बलात्कारपछि छोरीको समेत जन्म भइसकेको छ। उक्त शिशु क्षेत्रीकै रहेको किशोरीको दावी छ।
स्रोतका अनुसार बलात्कारपछि गर्भ बसेको जानकारी पाएपछि केसीले गर्भ पतन गराउन खोजे पनि किशोरीले मानेकी थिइनन्। छोरीको जन्म भएपछि क्षेत्रीले सबै खर्च व्यवस्थापन गर्छु, मुद्दा मामिला नगर भन्दै रोक्दै आएका किशोरीको आरोप छ।
पछिल्लो समय क्षेत्रीले बेवास्ता गर्न थालेपछि एक महिनाअघि किशोरीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन्।
शुक्रबार अदालतबाट म्याद थपका लागि लैजाने तयारी प्रहरीको छ।
प्रतिकृया दिनुहोस