• २०८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025

मुद्दा खेपिरहेका नेपालकै अध्यक्षतामा नेकपा एसको बैठक

काठमाडौं । अहिले पनि भ्रष्टाचारको मुद्दा खेपिरहेका माधवकुमार नेपालकै अध्यक्षतामा नेकपा एकीकृत समाजवादीको बैठक सुरु भएको छ । 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बैठक सुरु भएको हो। बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ। साथै उपनिर्वाचनबारे पनि समीक्षा हुने बताइएको छ। 

पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भई अदालतले ३५ लाख धरौटीमा रिहा गरेको विषयमा पनि पार्टीमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा छलफल हुने बताइएको छ।

पतञ्जली योगपिठको जग्गा प्रकरणमा विशेष अदालतले अध्यक्ष नेपाललाई ३५ लाख धरौटीमा छाडेको थियो ।  त्यसक्रममा पार्टीका आन्तरिक गतिविधिबारे समेत बैठकमा छलफल हुने बताइएको छ ।

मुद्दा लागेकाले अध्यक्षबाट नेपाल हट्नुपर्ने कतिपयले तर्क गरेपनि नेकपा एसले भने उनलाइ हटाउने तयारी गरेकाे छैन । साे पार्टीले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी अेालीका कारण नेपालमाथि अख्तियारले मुद्दा चलाएकाे दावी गर्ने गरेकाे छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर