• २०८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025

एसईई नतिजामा सुधार हुनुमा सरकारकाे हात रहेकाे ओलीकाे दावी 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूको मेहनतले एसईई नतिजामा सुधार आएको बताएका छन् ।

एसईई नतिजा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले फेसबुकमार्फत उत्तीर्ण विद्यार्थीहरूलाई बधाई  दिँदै नतिजा सुधारमा आफूहरूले गरेको मेहनत काम लागेको बताएका हुन् । 

'यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ। गत वर्ष ४७.८६% प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नु भएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडेड रहनु परेको थियो । बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ। ग्रेड नपाउने विद्यार्थीहरुले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ,' प्रधानमन्त्री ओलीले भनेका छन् ।

यस वर्ष जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर