• २०८२ असार १७ मंगलबार
  • Tuesday, 1 July, 2025

स्वास्थ्यमन्त्री पौडेलको स्वास्थ्यमा सुधार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको जनाइएको छ । वीर अस्पतालले जारी गरेको विज्ञप्तिमा अस्पतालका निर्देशक प्राडा दिलीप शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको समेत जनाइएको छ ।

निर्देशक प्राडा शर्माले मन्त्री पौडेल ज्वरो आई अस्पतालमा भर्ना हुनुभएको र अहिले स्वास्थ्य सुधार भइरहेको बताए। मन्त्री पौडेलले थाइल्यान्डमा आयोजित कार्यक्रममा सहभागी भई स्वदेश फर्केलगत्तै यही असार १४ गते अस्पतालमा भर्ना भएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर