काठमाडौंमा संघीय तहको युवा उद्यमशीलता सम्मेलन सम्पन्न

काठमाडौं । राष्ट्रिय युवा परिषदद्वारा आयोजित संघीय तहको युवा उद्यशीलता प्रवर्द्धन सम्मेलन २०८२ सम्पन्न भएको छ। परिषदले यसअघि कोशीको विराटनगर , मधेसको जनकपुर , गण्डकीको पोखरा र कर्णालीको सुर्खेतमा प्रादेशिक तहमा उद्यमशीलता सम्मेलन आयोजना गरेको थियो।
सोमवार उपराष्ट्रपति रामशायप्रसाद यादवले सम्मेलनको उद्घाटन गरेका हुन्। सो अवसरमा उपराष्ट्रपति यादवले युवामा रहेका उद्यमी सोच, ज्ञान , सीप, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्रनिर्माणमा परिचालन गर्नुपर्ने वताए। यादवले जलविद्युत, पर्यटन, जडिबुटी लगायतका क्षेत्रसँग सम्बन्धित उद्यमलाई प्रोत्साहन गर्दै दिगो विकास लक्ष्यमा जोडदिनुपर्ने वताए।
सम्मेलनमा उपराष्ट्रपति यादवले भने-' हामीले एकातिर नेपाली युवामा रहेका उद्यमी सोच, ज्ञान , सीप, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्रनिर्माणमा परिचालन गर्नुपरेको छ भने अर्कोतिर उनीहरुलाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपरेको छ। ' यादवले युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनले युवामा उद्यमी बन्ने सोंच, आर्थिक उपार्जनमा संलग्नता र समृध्द राष्ट्र निर्माणमा युवाहरूको भूमिकालाई उजागर गर्ने वताए।
सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले गएको पांच वर्षमा ६० लाख युवा वाहिर गएको र सोही अवधिमा ५० लाख युवा स्वदेश फर्किएको दावी गरे। मन्त्री भण्डारीले सिप, उद्यमशीलता र रोजगारीलाई संगसंगै लानुपर्ने वताए। भण्डारीले सरकारले आन्तरिक रोजगारी प्रवर्द्धन दशक मनाउन लागेको चर्चा गरे।
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रालय स्टार्टअप र युवा उद्यमशीलता प्रवर्द्धनमा लागिरहेको जानकारी दिए। मन्त्री भण्डारीले भने-' उद्योग मन्त्रालयले यवालाई ब्यवसायिक परियोजनाका आधारमा ५ लाख देखि २५ लाख सम्म स्टार्टअप कर्जा दिन शुरुवात् गरेको छ।'
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आयातले धान्दै आएको अर्थतन्त्रलाई उद्यमशीलता प्रवर्द्धन गरि निर्यातमूलक बनाउन पहलगर्नुपर्ने वताए। चौधरीले भने-' युवा उद्यमीहरुलाई उत्प्रेरणा जगाई नयाँ उद्यम विकास गर्न र नयाँ स्टार्टअपहरुलाई लगानीकर्ता खोज्न यस्ता सम्मेलनको विशेष महत्व छ।'
' समृद्धिका साझा सवाल ' विषयक प्यानल सत्रमा सांसदहरु पदम गिरी , उदय शससेर राणा, माधव सापकोटा र सोविता गौतम रहेका थिए। उनीहरुले उद्यमशीलताको वाटोवाट समृध्दिको यात्रा वारेआआफ्ना धारणा राखेका थिए।
' युवाका लागि अवको निकास : रोजगारी , उद्यमशीलता र सिप विकास ' विषयक प्यानल छलफलमा उद्योग मन्त्रालयका सचिव कृष्णवहादुर राउत , नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष भवानी राणा, वैङ्कर्स अनिल केसरी शाहले युवा उद्यमशीलता प्रवर्द्धन वारे चर्चा गरे। सो प्यानलको अध्यक्षता श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीले गरेका थिए।
यसैगरी स्टार्टअप , सहुलियत कर्जा , र वित्तीय पहुंचवारे राष्ट्रिय वाणिज्य वैंकका सिइओ देवेन्द्ररमण खनाल, नविन वैंकका सिइओ मनोज ज्ञावाली र उद्यम अभियन्ता रन्जीत आचार्यले अलग अलग प्रस्तुति प्रस्तुतीकरण गरेका थिए।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले तिनै तहका सरकारवाट सञ्चालित युवा लक्षित् कार्यक्रमको प्रभावकारी र नतिजामुखी कार्यान्वयनमा जोड दिए । बस्नेतले उद्यमशीलता प्रवर्द्धनका लागि स्टार्टअप, सहुलियत कर्जा, वित्तीय पहुँच अभिबृद्धि लगायतका वहुआयामिक विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको बताए । सम्मेलनमा अनलाइन आवेदनका आधारमा देशभरका ३५० युवा उद्यमी सहभागी रहेको बस्नेतले वताए।
प्रतिकृया दिनुहोस