• २०८२ असार १७ मंगलबार
  • Tuesday, 1 July, 2025

रौनक एक्लैले हाने १६८ रन, नेपालले भुटानलाई दियो विशाल लक्ष

काठमाडौं । नेपाली युवा क्रिकेट टोलीले एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगितामा चम्किरहेको छ । 

समूहचरणको अन्तिम खेलमा नेपालले आज भुटानविरुद्ध पहिले ब्याटिङ गर्दै विशाल लक्ष दिएको छ । 

नेपालले मलेसियाको क्वालालम्पुरमा टस जित्दै आफूले ब्याटिङ रोजेर पूरा ओभर खेल्दा ५ विकेट गुमाएर ३५८ रनको विशाल लक्ष बनाएको छ । 

नेपालका लागि ओपनर रौनक श्रीवास्तवले १३२ बलमा १६८ रन हानेका छन् । नेपालका लागि जोए थापा र सिवान्स बजगाईले पनि अर्धशतक पूरा गरे । सुगम बुढाथोकीले ३३ बलमा ३५ रन हाने । नेपाल विरुद्ध भुटानका सन्जय दोर्जीले १० ओभर बलिङ गर्दै ३ विकेट लिएर ७० रन खर्चिए ।

नेपाली टोली अघिल्ला तीन खेलमा लगातार जित निकाल्दै अविजित छ । आइतबार इन्डोनेसियालाई ३७० रनको ठूलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगिसकेको छ ।

नेपाल रहेको समूहबाट सिंगापुर पनि तीन जित र एक हारसहित सेमिफाइनलमा पुगिसकेको छ । जापान, नेपाल, सिंगापुर, इन्डोनेसिया र भुटान रहेको समूह ए को सबैभन्दा कमजोर टिम हो भुटान । भुटानले तीन खेलमा सबैमा पराजय भोगेको छ ।

आइतबार इन्डोनेसियालाई ४२१ रनको लक्ष्य दिएको नेपालले भुटानविरुद्ध पनि त्यस्तै प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर