• २०८२ असार १७ मंगलबार
  • Tuesday, 1 July, 2025

तेलाङ्गानाको उद्योगमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो

एजेन्सी । भारतको दक्षिणी राज्य तेलङ्गानाको संगारेड्डी जिल्लामा रहेको एउटा औषधि कारखानामा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

विस्फोटपछि कारखानाको ठूलो भाग भत्किएको छ । जिल्ला दमकल अधिकृत बी. नागेश्वर रावका अनुसार अहिलेसम्म मृतकको संख्या ३६ पुगेको हो । मृतकमध्ये २३ जनाको पहिचान भइसकेको छ । दुर्घटनामा ३५ जना अरु घाइते छन् ।

प्रशासनका अनुसार अझै २४ जना बेपत्ता रहेका छन् । उनीहरुको खोजी भइरहेको छ । ५७ जनालाई भने सुरक्षित निकालिएको छ ।

यस घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ । भारतमा यस्ता दुर्घटनाहरू कहिलेकाहीँ हुने गरेका छन् । प्रायः यस्ता घटनामा सुरक्षा नियमहरूको पालना नहुनु मुख्य कारण भएको बताइन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर