माैसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षा हुने

काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल र मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशका अधिकांश भागमा हल्का वर्षा हुनेछ।
आज देशभर साधारणतया बदली रहने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ।
महाशाखाको भनाइअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
प्रतिकृया दिनुहोस