यो गठबन्धनलाई ०८४ सम्म लैजानुपर्छ– गृहमन्त्री लेखक

बैतडी । गृहमन्त्री रमेश लेखकले वर्तमानमा सत्ता गठबन्धनलाई २०८२ सम्म लिएर जानुपर्ने बताएका छन् । बुधबार डडेल्धुरामा पार्टी कार्यकर्तासँगकाे भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले कांग्रेस र एमालेकाे गठबन्धन विकल्प नभएको बताए ।
उनले भने, " मैले हिजाे पनि पार्टीकाे केन्द्रीय समिति बैठकमा ८४ सम्म याे गठबन्धनलाई निरन्तरता दिनुपर्छ । सरकार बनेको १ वर्ष हुन थालिसकेको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हुनुहुन्छ । एक वर्ष पछि हाम्राे पार्टी सभापति आदरणीय नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ । ८४ काे निर्वाचन शेरबहादुर दाइले गर्नुहुन्छ ।"
कांग्रेस र एमालेकाे गठबन्धन मुलुककै आवश्यकता भएको गृहमन्त्री लेखककाे भनाइ छ । "यही अनुसार हाम्रा गतिविधि हाम्रा क्रियाकलाप, काम कारबाही हुनुपर्छ । राजनीतिक विषयलाई हामीले ध्यान दिनुपर्छ," उनले भने ।
यस्तै गृहमन्त्री लेखकले राजनीतिमा षड्यन्त्र हुने गरेको भन्दै पछिल्लो समय आफू पनि राजनीतिक षड्यन्त्रकाे एम्बुसमा परेकाे बताए ।
"मान्छेका आ-आफ्नो राजनीतिक उदेश्य छन् । सरकार र समीकरणलाई कसरी कमजोर गर्ने ? कांग्रेसलाई कसरी कमजोर गर्ने भन्ने कुरा हाेला । मेराविरुद्धमा राजनीतिक षड्यन्त्र भएकाे हाे । याे कुरा विस्तारै स्पष्ट हुँदै गएको छ । एउटा कार्यालयका कर्मचारीमाथि छानबिन हुँदा मन्त्रीलाई नै जाेड्नुकाे नियत प्रष्टै छ," उनले भने ।
साथै सरकार र विपक्षी दलबीचकाे सहमति अनुसार अध्यागमनमा देखिएकाे समस्या समाधान गर्न उच्चस्तरीयसमिति बनेकाे उनको भनाइ छ । यस्तै सुदूरपश्चिमकाे विकासका लागि सरकार सबै तवरबाट लागि परेकाे गृहमन्त्री लेखकले बताए ।
प्रतिकृया दिनुहोस