राजस्व दोब्बर बनाउने लक्षसहित एमआरपी र बीलबीजक अनुगमन तिब्र बनाउँदै विभाग

काठमाडौं। वाणिज्य आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दहालले आगाम ६ महिना भित्र सरकारको राजस्व संकलनको दर दोब्बर बनाउने लक्ष लिएको बताएका छन् । 

अहिले पनि ५० देखि ६० प्रतिशत व्यापारि करको दायराभन्दा बाहिर रहेको,  बीलबीजक र एमआरपी उचित ढंगले कार्यन्वयन नगरेकाले त्यसलाई विभागले नियमति गर्ने वित्तिकै राजस्व ह्वात्तै बढ्ने महानिर्देशक दहालले बताए । 

विभागमा अहिले विद्यमान जनशक्ति र बजेट भित्रैबाट आफूले त्यो परिणाम दिनसक्ने भन्दै उनले बाणिज्य तथा आपूर्ती मन्त्राललका सचिवद्वय डा. रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतलाई विश्वास दिलाएका हुन् । सचिवद्वय विभागको नियमत भ्रमणका लागि शुक्रबार पुगेका थिए । 

विभागले अहिले एमआरपी अनिवार्य गराउन लागि परेको छ । अबको दोस्रो चरणमा  बीलबीजकको अनियमितताकाे पनि अनुगमन गर्ने विभागको तयारी छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर