• २०८२ असार २१ शनिबार
  • Saturday, 5 July, 2025

युवाको जोड जागिरमा भन्दा उद्यममा हुनुपर्दछ: उपाध्यक्ष बस्नेत

काठमाडौं । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुले उद्यमशीलतामा नै आफ्नो सुनौलो भविश्य देख्नुपर्ने वताएका छन्। बस्नेतले आजका युवाले जागिरमा भन्दा उद्यमशीलतामा राम्रो गर्न सक्ने जिकिर गरे।

पोखरा विश्वविद्यालय अन्तर्गत सिनामंगल स्थित सेन्ट्रल कलेजद्वारा आयोजित 'युवा नेतृत्व तथा उद्यमशीलता विकास' सम्वन्धि कार्यशालामा वस्नेतले सो धारणा राखेका हुन्। वस्नेतले भने, 'राज्यले सवैलाई जागिर दिन सक्दैन, त्यसैले आम युवाहरुका लागि  उद्यममैत्री वातवरण वनाउनुपर्दछ।' 

वस्नेतले अध्ययनलाई उद्यमसंग जोड्नुपर्ने वताए। उनले भने, 'हामीले शिक्षालाई श्रमसित, श्रमलाई सिपसित , सिपलाई उत्पादन र रोजगारीसित, त्यसलाई समृध्दिसित् जोड्नुपर्दछ।' 

बस्नेतले युवाहरु भविष्यको कर्णधारमात्र नभएर वर्तमानका अंशियार भएको जिकिर गरे।

सेन्ट्रल कलेजका प्रिन्सिपल पारस श्रेष्ठले आफुहरुले केवल सैध्दान्तिक शिक्षा मात्र नभएर उद्यमशीलतामैत्री शिक्षामा जोड दिएको वताए। श्रेष्ठले युवाहरुलाई हातमा सिप र कांधमा जिम्मेवारी वोक्न सक्ने वनाउन आफुहरु समर्पित भएको वताए।

१५० जना युवा सहभागी कार्यक्रममा ब्यवस्थापनका विद्यार्थीका फरक फरक समुहले विषयगत प्रस्तुतिकरण समेत गरेको सहायक प्रिन्सिपल गणेश वुढाथोकीले जानकारी दिए। 

कार्यक्रममा खेलकुद सप्ताहका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरिएको थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर