फ्लुमिनेन्स क्लब विश्वकपको सेमिफाइनल प्रवेश

काठमाडौं । ब्राजिलियन क्लब फ्लुमिनेन्स र इङलिस क्लब चेल्सी फिफा क्लब विश्वकपको सेमिफाइनल प्रवेश गरेका छन् ।
आज भएको क्वाटरफाइनलमा फ्लुमिनेन्सले साउदी क्लब अल हिलाललाई हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । पहिलो हाफको ४०औं मिनेटमा गोल गरेर अग्रता बनाएको फ्लुमिनेन्सले दोस्रो हाफका अर्को गोल थपेर जित पक्का गरेको थियो ।
अल हिलालले दोस्रो हाफमा लयमा फर्कने प्रयास गरेपनि जित निकाल्न भने सकेन । दोस्रो हाफको ५१औं मिनेटमा हिलालले एक गोल फर्काएर खेल बराबरीमा ल्याएपनि खेलको ७०औं मिनेटमा फ्लुमिनेन्सले निर्णायक गोल गरेको थियो ।
फ्लुमिनेन्सले अघिल्लो खेलमा इटालियन इन्टर मिलानलाई हराएर क्वाटर फाइनलको यात्रा तय गरेको थियो ।
प्रतिकृया दिनुहोस