• २०८२ असार २२ आइतबार
  • Sunday, 6 July, 2025

उज्वेकिस्तानलाई हराउने लक्षसहित मैदानमा उत्रियो नेपाल, यस्तो छ प्लेइङ एघार

काठमाडौं । काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा उज्वेकिस्तानविरुद्ध खेल्ने नेपालको सुरुवाती–११ सार्वजनिक गरिएको छ । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले यसअघिको खेलमा चोट बोकेकी प्रीति राईको स्थानमा पूजा रानालाई मौका दिँदै पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।

आजको खेलमा घरेलु टिमलाई हराउन सके नेपाली महिला टिमले आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ । उज्वेकिस्तानले यसअघि पहिला खेलमा श्रीलंकाविरुद्ध १०–० को जित निकालेको थियो । नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो ।

दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० ले हरायो । आफ्नो दोस्रो खेलमा घरेलु टिमले लाओसको पोस्टमा सात गोल गरेको थियो । समूह ‘एफ’ मा रहेका यी दुवै टिमले समान दुई खेलबाट ६ अंक जोडेका छन् । गोल आधारमा पनि दुवै टिम प्लस १७ मा छन् ।

यसैकारण एसिया कपमा छनोट हुन नेपाललाई अन्तिम खेलमा उज्वेकिस्तानसँग बराबरीको नतिजाले पुग्दैन । यो खेलको निर्धारित समयसम्म दुवै टिमले गोलरहित बराबरी खेले एएफसीको नियमानुसार समूहबाट छानिने टोलीको टुंगो लगाउन सोझै पेनाल्टी सुटआउट गरिनेछ । अर्थात्, आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपमा स्थान बनाउन नेपालले उज्वेकिस्तानलाई कम्तीमा पेनाल्टी सुटआउटमा भए पनि हराउनुपर्ने समीकरण छ ।

नेपालको सुरुआती–११
अञ्जना रानामगर (गोलकिपर), समीक्षा घिमिरे, रेनुका नगरकोटे, सावित्रा भण्डारी (कप्तान), रश्मीकुमारी घिसिङ, अनिता बस्नेत, गीता राना, सविता रानामगर, निशा थोकर र सरस्वती हमाल ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर