सरकारले लिएको वित्त नीति सुधार गर्न मौद्रिक नीति लचिलो आउनुपर्छ –वर्षमान

काठमाडाैं । पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सरकारले लिएको वित्त नीति संकुचनकारी रहेको बताउँदै मौद्रिक नीति लचिलो बनाउन जरुरी रहेको बताएका छन्।

आइतबार सिंहदरबारमा अर्थ समितमा भएको बाफिया विधेयकमाथिको छलफलमा उनले पहिले लिइएको धेरै खुकुलो मौद्रिक नीतिले अर्थतन्त्रलाई लयमा आउन अहिलेसम्म पनि नदिएको बताए।

‘खासगरी अर्थतन्त्र चलयामान मजबुत बनाउने सरकारको वित्त नीतिले नै हो,’ पुनले भने, ‘तर यस वर्षको बजेट अलि पुरातनवादी आएको छ। बैंकहरुलाई जथाभावी रुपमा लगानी गर्न दिएर जनताको पैसा डुब्न दिनुहुँदैन। सरकारको मौद्रिक नीति लचिलो तर संयमित आउनुपर्छ।’

अर्थतन्त्रमा देखिएका समस्याहरु खाली प्रकट गरेर मात्रै बस्न नहुने भन्दै समाधानतर्फ अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर