• २०८२ असार २३ सोमबार
  • Monday, 7 July, 2025

कनकाकेफ कपकाे उपाधि मेक्सिकाेले जित्याे, अमेरिका पराजित

काठमाडौँ । मेक्सिकोले अमेरिकालाई सोमबार २–१ ले पराजित गर्दै कनकाकेफ गोल्डकपको उपाधि जितेको छ ।

मेक्सिकोले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर कीर्तिमान १०औं पल्ट उत्तर र केन्द्रीय अमेरिका तथा क्यारिबियन क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता जितेको हो ।

ह्युस्टन टेक्सासमा भएको खेलमा अमेरिकाले क्रिस रिचडर्सको गोलले चौथो मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको २७ औं मिनेटमा राउल जिमिनेजले मेक्सिकोको लागि बराबरी गोल फर्काए ।

खेलको ७७ औं मिनेटमा एडिसन अल्भारेजले हेडबाट निर्णायक गोल गरे र मेक्सिको डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्न सफल रह्यो । यसपल्टको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो ।

त्यसमध्ये १५ टिम उत्तर र केन्द्रीय अमेरिका तथा क्यारिबियन क्षेत्र थिए । साउदी अरेबियालाई भने पाहुना टिमका रूप खेलाइएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर