राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्कियाे

काठमाडौं । उत्कृष्ट प्रदर्शनका बाबजुत क्वालिफाइ हुन नसकेकाे राष्ट्रिय महिला फुटबल टोली सोमवार बिहान स्वदेश आइपुग्ने भएको छ।
उज्वेकिस्तानमा एएफसी महिला एसियन कप छनोट चरण खेलेर नेपाली टोली फर्कन लागेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोली भोलि बिहान ८ बजे एयर अरेबियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ। टोली उज्वेकिस्तानबाट आजै नेपालका लागि निस्केको हो।
तेस्रो तथा अन्तिम खेलमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएपछि नेपालको छनोट यात्रा टुंगिएको थियो।
पहिलो हाफमा ३-१ ले पछि परेको अवस्थाबाट नेपाल निर्धारित ९० मिनेटमा नेपाल ३-३ को बराबरी गर्न सफल भएको थियो।
कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले पहिलो हाफमा एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत गरेकी थिइन्। दोस्रो हाफमा १ मिनेटको फरर्कमा गोल गर्दै नेपालले खेलमा पुनरागमन गरेको थियो। ७१ औं मिनेटमा गीता रानाले गोल गरेको अर्को मिनेटमा साम्बाले बराबरी गोल फर्काएकी थिइन् ।
तर, पेनाल्टी सुटआउटमा नेपाली टोली अभागी रह्यो। नेपाली टिमका कप्तान सम्बा र गाेलकिपर अन्जनाकै पेनासल्टी मिस भएका थिए ।
पहिलो खेलमा लाओसलाई ९-० र दोस्रो खेलमा श्रीलंकालाई ८-० ले हराउँदै छनोटमा नेपालले बलियो दाबेदारी प्रस्तुत गरेको थियो। दुर्भाग्य यो पटक पनि टोलीलाई सफलता मिलेन।
समूह ‘एफ’ बाट उज्वेकिस्तान अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपका लागि छनोट भयो।
प्रतिकृया दिनुहोस