• २०८२ असार २५ बुधबार
  • Wednesday, 9 July, 2025

कांग्रेस बैठककाे सन्देश लिएर देउवा छिरे बालुवाटार 

काठमाडाैं ।  सत्तारूढ दल नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक सकिएलगत्तै त्यसकाे सन्देश लिएर सभापति शेरबहादुर देउवा बालुवाटार छिरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ।

छलफलमा गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल र एमाले उपमहासचिवसमेत रहेका प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत पनि सहभागी छन्। 

करिब एक घण्टादेखि सत्ता गठबन्धनका नेताबीच छलफल चलेकाे हाे।  कांग्रेसको बैठक लगत्तै देउवा ओलीसँगको छलफलको लागि बालुवाटार गएका हुन्। 

उनीहरूबीच समसामयिक राजनीतिक परिस्थिति, बाढीपहिरो र डुबानबाट भएको क्षति तथा उद्धारलगायत विषयमा छलफल भइरहेको  छ।

'प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुु्ख दुुई दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा जारी बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुुप्रसाद रिमाल सहभागी हुनुहुुन्छ' प्रधानमन्त्रीकाे सचिवालयले भनेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर