त्रिशूलीमा भेटिए २ चिनियाँ नागरिकको शव

धादिङ । धादिङस्थित त्रिशूल नदी किनारमा फेला परेको दुई पुरुषकाे शव चिनियाँ नागरिकको भएको खुलेको छ। सुरक्षा स्रोतका भोटेकोसीको बाढीमा हराइरहेका ६ चिनियाँमध्येकै २ जनाको शव भेटिएको हो।   

बुधबार बिहान नदीमा शव देखेपछि स्थानीयले खबर गरेका थिए। दुई शवमध्ये एउटा धादिङको गल्छी गाउँपालिका-२ केउरेनीटारस्थित त्रिशूली नदी किरानमा र अर्को गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा भेटिएको थियो।  

उनीहरू सुरई कन्स्ट्रक्सन ग्रुपअन्तर्गत टिमरे बोर्डरमा एक परियोजनाको कामदार रहेको खुलेको छ।  

यसैबीच धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली किनारमा जलाउँदै गरेको एउटा शव पनि बाढीले बगाएको थियो। शवदाहको बेला अकस्मात आएको बाढीले चितासहित शव बगाएको स्थानीय कुमार बस्नेतले जानकारी दिए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर