ब्राजिलियन क्लबलाई पाखा लगाउँदै चेल्सी क्लब विश्वकपको फाइनलमा

काठमाडौं । ब्राजिलियन क्लबलाई पाखा लगाउँदै चेल्सी अमेरिकामा जारी क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
ब्राजिलको फ्लुमिनेन्सेलाई २-० ले हराउँदै इंग्लिस टोली चेल्सी उपाधि नजिक पुगेको हो । दुवै गोल ब्राजिलियन खेलाडी जोआओ पेड्रोले गरे।
२३ वर्षीय पेड्रोले आफ्नो बाल्यकालको क्लबविरुद्ध पहिलो पटक सुरुवाती ११ मा मौका पाए।
खेलको १८औं मिनेटमा उनले पेड्रो नेटोको क्रस क्लियर गर्न नसकेका थियागो सिल्वाको गल्तीको फाइदा उठाउँदै पहिलो गोल गरे।
उनले ५६औं मिनेटमा दोस्रो गोल गरेपछि चेल्सीको जित सुनिश्चित गर्यो। पेड्रोलाई ब्राइटनबाट चेल्सी गएको धेरै भएको छैन ।
अब चेल्सीले रियल मड्रिड र पेरिस सेन्ट-जर्मेनमध्ये विजेतासँग फाइनल खेल्नेछ। यी दुइबीचकाे अर्काे सेमिफाइनल भाेलि बिहान १ बजे हुनेछ ।
प्रतिकृया दिनुहोस