• २०८२ असार २८ शनिबार
  • Saturday, 12 July, 2025

नमुना युवा संसदको प्रधानमन्त्रीमा खनाल र सभामुखमा शर्मा

काठमाडौं ।राष्ट्रिय युवा परिषदद्वारा सञ्चालित संघीय नमुना युवा संसद -२०८२ को नमुना युवा प्रधानमन्त्रीमा भक्तपुरका विजय खनाल र नमुना युवा सभामुखमा वांकेका विवेक शर्मा निर्वाचित भएका छन्। देशभरवाट स्थानीय तह , प्रदेश हुंदै संघीय तहमा छनौट भएर आएका ८० जना नमुना युवा सांसद मध्येवाट उनीहरु निर्वाचित भएका हु्न्।

नमुना प्रधानमन्त्रीमा ६ जना  र सभामुखमा सातजना नमुना सांसदले उम्मेदवारी दिएका थिए। उम्मेदवारहरुले ३ , ३ मिनेट आ-आफ्नो प्रतिवद्धता मन्तव्य राखेपछि मतदान प्रक्रिया अघि वढेको थियो।

नमुना युवा प्रधानमन्त्रीको चुनावी प्रतिस्पर्धामा दिपक परियार , दीपेन्द्र गौतम , आकाश ओली , उमेश शर्मा सुवेदी , नविना सापकोटा र विजय खनालले भाग लिएका थिए।  यसैगरी नमुना युवा सभामुख पदमा अंकित घिमिरे , दिपा आचार्य , बिबेक शर्मा , भरत कठायत , सौगात घिमिरे , शिक्षा  प्रसाई र शिवजि प्रसाद कुशवाहले प्रतिस्पर्धा गरेको थिए।

नमुना युवा संसदको अभ्यासमा राष्ट्रपति पदमा  आशु चौधरी र नमुना युवा राष्ट्रिय सभाका अध्यक्षमा सोहम् सोनार सहमतिको आधारमा चयन भएका छन्। त्यस्तै नमुना प्रमुख प्रतिपक्षी दलको नेतामा  रिजवान बधई निर्वाचित भएका छन्। त्यस्तै  उपसभामुख पदमा रेनुका भट्टराई निर्वाचित भएकी छिन्।

परिषदद्वारा १६-२४ वर्ष उमेर समुहका युवाहरुको नेतृत्व विकास विकास गर्दै मुलुकले अवलम्बन गरेको संवैधानिक अन्तर्वस्तु , शासकीय प्रवन्ध र कानुन निर्माण प्रक्रिया सम्वन्धमा चारदिनसम्म जिवन्त अभ्यास गराइएको  कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।

चारदिनसम्म चल्ने अभ्यासका विभिन्न सत्रमा सांसद उदय शमसेर राणा, सुनिता वराल , सुदन किराती  , मनिष झा , राष्ट्रिय सभाका पुर्व सचिव राजेन्द्र फुयाल, मुख्य प्रशिक्षक प्रकाश उपाध्याय लगायतले  नमुना युवा सांसदहरुलाई  आ-आफ्ना विषय , अभ्यास र अनुभव सहजिकरण गरेका थिए। आउंदो शनिवार सभामुख देवराज घिमिरेले नमुना युवा संसद अभ्यासको अवलोकन गर्नेछन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर