• २०८२ श्रावण १ बिहीबार
  • Thursday, 17 July, 2025

‘गैरकानुनी र अनैतिक कार्य हामीले गरेका छैनौं’–एञ्जल फर्टिलिटी क्लिनिक

काठमाडौं । एञ्जल फर्टिलिटी क्लिनिकले गैरकानुनी र अनैतिक कार्यमा आफूहरुको संलग्नता अस्विकार गरेको छ । 

विभिन्न संचार माध्यममा क्लिनिकप्रति भ्रामक समाचारहरु आएका भन्दैं उसले एक विज्ञप्ती जारी गर्दै समाचारकाे खण्डन गरेकाे छ । 

समाचारहरूमा भनिएजस्ताे अण्ड दाताका रुपमा उमेर नपुगेका महिला प्रयोगलगायतका कुनै पनि गैरकानुनी र अनैतिक कार्यहरुमा आफूहरुको संलग्नता नरहेको क्लिनिकले जनाएको छ । 

बुधबार एक विज्ञप्ती जारी गर्दै क्लिनिकले सञ्चार माध्यममा एञ्जल फर्टिलिटीलाई जोडेर समाचार आएकाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । 

क्लिनिकले भनेकाे छ, ‘हालैका केही दिनहरुमा विभिन्न सञ्चार माध्यम तथा अनलाइन प्लेटफर्महरुमा एञ्जल फर्टिलिटी क्लिनिक र यस क्लिनिकका कर्मचारीहरुलाई अन्य केही फर्टिलिटी क्लिनिक उपकर भइरहेको नेपाल प्रहरीको अनुसन्धानमा जोडेर भ्रामक र आधारहीन समाचारहरु प्रकाशित भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

एञ्जल क्लिनिकले यस्ता गतिविधीहरुमा क्लिनिक र सम्वद्ध व्यक्तिको संलग्नता नरहेको, समाचार भनिएका कुनै पनि व्यक्ति उपचारमा क्लिनिकमा नआएको, चिकित्सा र व्यवस्थापन टिम यस्ता गतिविधीमा संलग्न नरहेको पनि जनाएको छ । 

‘एञ्जल फर्टिलिटी विगत लमो समयदेखि नै उच्च नैतिक मूल्य, कानुनी मर्यादा र बिरामीको हितलाई केन्द्रमा राखी जिम्मेवार, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्दै आएको उच्च प्रतिष्ठित संस्था हो,’ एञ्जलले विज्ञप्तीमा भनेको छ ।

‘हामीले उमेर नपुगेको महिलालाई दाताका रुपमा प्रयोग गर्ने वा अन्य कुनै किसिमको गैरकानुनी वा अनैतिक कार्य कहिले पनि गरेका छैनौ र त्यस्तो कार्यको कडा शब्दमा निन्दा र भत्र्सना गर्दछौं,’ एञ्जल क्लिनिकले भनेकाे छ ।

उसले भ्रामक समाचारले आफ्नो संस्थाको प्रतिष्ठामा गम्भीर आघात पार्न सक्ने भन्दैं समाचार सच्चाउन आग्रह पनि गरेकाे छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर