विद्या भण्डारीको पक्षमा लागेपछि एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको पद नै धरापमा !

काठमाडौं । नेपाली राजनीतिमा यतिबेला सरकारकाे नेतृत्व गरिरहेकाे दल नेकपा एमाले भित्रकाे अन्तरकलह राेचक अवस्थामा पुगेकाे छ ।
पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेकाे सक्रिय राजनीतिमा सहभागि हुने मात्रै हाेइन अध्यक्ष नै बन्ने तयारी गरेपछि वर्तमान अध्यक्ष केपी अेाली र उनी पक्षीय नेताहरू भण्डारी पक्षलाइ कमजाेर बनाउने रणनीतिमा छन् ।
जसका कारणा भण्डारीकाे पक्षमा खुलेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलेको वरिष्ठ उपाध्यक्ष पद नै खारेज हुने भएको छ।
आज बस्ने एमालेको केन्द्रीय सचिवालयको बैठकले पार्टीमा वरिष्ठ उपाध्यक्ष पद नै नरहने गरि विधानमा संशोधनको निर्णय गर्न लागेको श्राेतकाे दावी छ। आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बिहीबार दिउँसो बस्दैछ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले पार्टीमा वरिष्ठ उपाध्यक्ष पद नै नरहने निर्णय गर्न लागेको एमालेका एक नेताले बताए।।
एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।
विधान महाधिवेशनपछि लागू हुने भएकाले पोखरेल त्यसबेलासम्म वरिष्ठ उपाध्यक्ष पदमा रहनेछन्। तर महाधिवेशनमा उनी वा अरु कोही यो पदमा उठ्न सक्ने छैनन्।
वरिष्ठ उपाध्यक्ष पद नै खारेज हुन सक्छ। अधिवेशनले विधानकाे याे प्रावधार संशाेधन गरेर वरिष्ठ उपाध्यक्ष कायम गर्ने पक्षमा मत दिएमा भने फेरि रहनपनि सक्नेछ । अन्तिम छिनाेफानाे विधान महाधिवेशनले गर्नेछ ।
प्रतिकृया दिनुहोस