• २०८२ श्रावण २ शुक्रबार
  • Friday, 18 July, 2025

एमाले पोलिटब्युरो बैठक आज, विधान संशोधन प्रस्ताव अनुमोदन गर्ने

काठमाडौँ । सत्तारुढ नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शुक्रबार) बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिए ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा ११ बजे बोलाइएको बैठक १ बजेका लागि सारिएको छ ।

यसअघि बिहीबार बसेको सचिवालय बैठकले विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो । विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने गरी छलफल भएको हो ।

त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन् ।

उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरे पनि छलफलका क्रममा १५ सदस्यीय बनाउन सहमति जुटेको सचिव भट्टराईले जानकारी दिए ।

पोलिटब्युरो बैठकमा पुनः हिजोका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टी कामको जिम्मेवारी दिने, नदिनेबारे बिहीबार नै विषय प्रवेश भएको भन्दै गौतमले पोलिटब्युरोमा पनि त्यसबारे चर्चा हुनसक्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर