विधानबारे ओली पक्ष र विद्यापक्षबिच टकराव, के हुन्छ पोलिटब्यूरोमा ?

काठमाडौं । विधान महाधिवेशनको संघारमा पुगेको सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले भित्र रडाको मच्चिएको छ ।
हिजो मात्रै विधानको मस्यौदा पास गरेको सचिवालय बैठकबारे वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेलले फरक फरक धारणा अघि सारेका छन् । आजबाट पोलिटव्यूरो बैठक बस्न लागिरहेका बेला यी दुई नेताले ठिक विपरितार्थ विचार व्यक्त गरेका छन् ।
पोखरेलले आज बस्ने पार्टीको पोलिट ब्यूरोको बैठकमा गम्भीरताका साथ छलफल बहसमा सहभागी हुन आग्रह गरेका छन्।
सामाजिक सञ्जलामा लेख्दै उनले यस्तो आग्रह गरेका हुन्। पोखरेलले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरिएको बताउँदै उक्त आग्रह गरे।
साथै उनले बैठकमा सहभागी हुने सबै सदस्यले केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउने विश्वास समेत लिएका छन्।
उनले लेखेका छन्, 'पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो। आज पोलिट ब्यूरो सदस्यहरूका बिचमा छलफल हुने छ! पोलिट ब्यूरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनु हुनेछ!'
उता महासचिव पाेखरेलले लेखेका छन्, 'विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन '८४का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ ।'
प्रतिकृया दिनुहोस