• २०८२ श्रावण ३ शनिबार
  • Saturday, 19 July, 2025

भण्डारीविरुद्ध ओलीको कडा टिप्पणीः सदस्यताका नविकरण भएकै छैन 

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एमाले सदस्यताका विषयमा पोलिटब्युरो वैठकमा मुख खोलेका छन् ।

उनले आज (शुक्रबार) बसेको पोलिटब्युरो वैठकमा पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नै नभएको खुलासा गरेका हुन् । उनले भण्डारीको सदस्यता हालसम्म नविकरण नभएको बताएका हुन् । अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरणका विषयमा पार्टीले छलफल गरेर निर्णय लिने बताएका छन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारी सक्रिय राजनीतिमा फर्कनु हुन्न भन्ने विश्वासका साथ उनलाई दोस्रो पटक राषट्रपति बनाइएको बताएका छन् ।

‘उचालेका आधारमा उहाँ सक्रिय राजनीतिमा आउनु हुँदैन । उहाँप्रतिको विश्वासको कुरा हुन्छ । पार्टीको सदस्यता नवीकरण भएको छैन,’ उनले भने, ‘सदस्यताको निर्णय कमिटीले गर्छ । विधिसम्मत छलफल गरेर निर्णय गर्ने हो । यो मेरो व्यक्तिगत धारणा हो ।’

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रको अराजकता रोक्नु पर्ने बताए । ‘पार्टीलाई ठूलो र संगठित हमला छ’ वैठकमा सहभागी एक सदस्यले ओलीको भनाई उदृत गर्दै भने, ‘यही बेला पार्टीभित्रबाट पनि बबण्डर उठाउने कोशिस हुनु गलत हो । यो कुरा तत्काल रोकिनु पर्दछ । नरोकिए पार्टीले रोक्छ ।’

अध्यक्ष ओलीले राष्ट्रपति सक्रिय राजनीतिमा आउने कुरा आफूले पत्रिकाबाट थाहा पाएको समेत बताएका छन् । ‘दोस्रो पटक उहाँलाई पार्टीले पठाएको हो । अहिले संवैधानिक व्यवस्था अनुसार फर्किनु हुन्न भनेर जिम्मेवारी दिएको हो’ अध्यक्ष ओलीले बैठकमा भनेको कुरा सुनाउँदै ती सदस्यले सुनाए ।

सक्रिय राजनीतिमा आउने कुरा र उचालेका आधारमा अध्यक्ष हुने कुरा फरक रहेको उनको टिप्पणी थियो । पार्टीका विधानका बारेमा नानाथरी धारणा राख्दै हिड्नेलाई उनले पार्टी पद्धति र प्रक्रियाका विषयमा पार्टीभित्र छलफल हुने र पार्टीमाथि आक्रमण भएका बेला बाहिर गएर बोल्ने कुरा उचित नभएको अध्यक्ष ओलीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर