• २०८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025

मन्त्री चौधरीको अध्यक्षतामा २८५ सदस्यीय अन्तर्राष्ट्रिय युवा दिवस समारोह समिति घोषणा

भक्तपुर । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको  अध्यक्षतामा अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति गठन भएको छ। हरेक वर्ष अगस्ट १२ तारेखमा विश्वव्यापी रूपमा  अन्तर्राष्ट्रिय  युवा दिवस मनाउने प्रचलन रहेको छ। 

राष्ट्रिय युवा परिषदद्वारा मंगलवार सानोठिमी भक्तपुर स्थित परिषद कार्यालयमा आयोजित वहुपक्षीय सरोकरवालाहरुको भेलाद्वारा परिषद्का अध्यक्ष समेत रहेका मन्त्री चौधरीको  अध्यक्षतामा २८५ सदस्सीय समारोह  समिति घोषणा भएको हो। समिति गठन लगत्तै वसेको वैठकले सन् २०२५  का लागि संयुक्त राष्ट्रसङ्घले अघि सारेको मुल नारालाई नेपालीकरण गरी " दिगो विकास र सुनौलो भविश्यको सार : स्थानीय युवाको सहभागिता समृध्दिको आधार ' तय गर्दै दिवस मनाउन सवैलाई  आह्वान गरेको छ। 

मुल समारोह समितिमा परिषद्का कार्यकारी उपाध्यक्ष , विभिन्न आठ मन्त्रालयका सचिवहरु, नेपाली सेना , सशस्त्र प्रहरी वल, नेपाल प्रहरी , राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, युवा सरोजगार कोषका कार्यकारी निर्देशक, नेपाल स्काउटका प्रमुख आयुक्त, प्रदेश युवा परिषद्का उपाध्यक्ष  सहितका प्रतिनिधि रहनेछन् । 

यसैगरी समितिमा नेपाल पत्रकार महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ , गैरसरकारी संस्था महासंघ नेपाल, हिसान, प्याब्सन, एनप्याव्सन लगायतका प्रतिनिधि पनि रहेका  छन्। समितिमा नेपाल स्थित संयुक्त राष्ट्रसंघीय निकायहरुका प्रतिनिधि समेत रहेका छन्।

यस्तै विभिन्न युवा तथा विद्यार्थी सङ्घ सङ्गठनका प्रतिनिधि,परिषद् सम्बद्ध युवा सञ्जालका प्रतिनिधि, परिषद् आबद्ध सङ्घ–संस्थाका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि समेत रहनेछन् ।

यसैगरी बस्नेतको संयोजकत्वमा  १७ सदस्सीय सचिवालय समेत गठन गरिएको छ। आगामी श्रावण २७ गते हुने अन्तर्राष्ट्रिय युवा दिवसलाई साताव्यापी कार्यक्रमका साथ भव्य रूपमा मनाउन सो समिति बनाइएको परिषद्का कार्यकारी सुरेन्द्र बस्नेतले जानकारी दिए। 

सन् २०००  देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउँदै आइएको छ। विश्वका विभिन्न देशका युवा विषय हेर्ने मन्त्रीहरूको सम्मेलनको सिफारिस अनुसार १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्र सङ्घको ५४ औँ साधारण सभाले अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउने घोषणा गरेको हो।

यो घोषणासँगै अन्तर्राष्ट्रिय युवा दिवसलाई विश्वभर युवा जागरण , अधिकार र सशक्तीकरण लगायतका विविध कार्यक्रम गर्दै मनाउने प्रचलन छ। नेपालमा पनि हरेक वर्ष राष्ट्रिय युवा परिषद् र विभिन्न सङ्घ–संस्थाले विविध कार्यक्रमका साथ युवा दिवस मनाउने गरेको मुल समारोह समितिका सदस्य सचिव गेहनाथ गौतमले जानकारी दिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर