सुनको मूल्य एक लाख ९४ हजार सात सय

काठमाडाैं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांकले यस्तो देखाएको हो। 

महासंघले जारी गरेको मूल्य सूचीअनुसार बिहीबारको तुलनामा सुन पाँच सय रूपैयाँले घटेको हो। बिहीबार प्रतितोला एक लाख ९५ हजार दुई सयमा कारोबार भइरहेको सुन एक लाख ९४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।   

बिहीबार चाँदीको मूल्य भने बढेको छ। बिहीबार प्रतितोला २३ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २३ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।  

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ५९ अमेरिकी डलर पुगेको छ। त्यस्तै, चाँदी प्रतिऔंस ३९ अमेरिकी डलरमा कारोबार भएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर