प्रधानमन्त्री ओलीले हेलिकप्टरबाट मधेशको सुख्खा अवलोकन गरे

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मधेशमा सुख्खाका कारण भएको संकटकालको अवस्थाको अवलोकन गरेका छन् । उनी आज त्यस क्षेत्रमा मधेशका नेता र केही मन्त्रीहरुसहित हेलिकप्टर चढेर पुगेका छन् । उनको सचिवालयले दिएको जानकारी अनुसार उनले हेलिकप्टरबाटै पनि मधेशको अवस्थाको अवलोकन गरे ।
सचिवालयले भनेकाे छ, 'नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गर्नुभएको थियो । प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनुुहुनुुनेछ ।'
‘तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौँ भन्ने लागेको छ’, उनले फेसबुकमा लेखेका थिए, ‘आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुनेछ।’
मधेशमा लामो समयदेखि पानी नपर्दा सुक्खा र खडेरीले किसान समस्यामा छन्। सरकारले मधेशलाइ खडेरीका कारणा संकटग्रस्त क्षेत्र घाेषणा गरेकाे छ ।
तस्विरहरूः प्रधानमन्त्रीकाे सचिवालय
प्रतिकृया दिनुहोस