• २०८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025

एनआरएनए युकेको अध्यक्षमा राजेन्द्र पुडासैनी

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन्। पुडासैनीले शनिबार सम्पन्न अनलाइन मतदानमा एनआरएनए यूकेका वर्तमान महासचिव गोविन्द खरेललाई पराजित गर्दै अध्यक्ष पद हात पारेका हुन्।

पुडासैनीले १४८२ मत प्राप्त गरे भने खरेलले ९७७ मत पाए। अर्का अध्यक्ष पदका उम्मेदवार मनिश खत्रीले ४९६ मतमा चित्त बुझाए।

निर्वाचनमा उज्ज्वल कार्की र डा. रक्षा थापा उपाध्यक्ष पदमा विजयी भए। कार्कीले १८८४ र थापाले १७२७ मत प्राप्त गरे। खुला उपाध्यक्षतर्फ उज्ज्वल कार्कीले १ हजार ८८४ र डा. रक्षा थापाले १ हजार ७२७ मत प्राप्त गर्दै निर्वाचित भए। शम्भु अर्याल र ज्ञानेन्द्र आलेले क्रमशः १ हजार १९६ र ९६१ मत प्राप्त गर्दै उपविजेता बने।

स्कटल्यान्ड क्षेत्र प्रतिनिधित्व गर्ने उपाध्यक्ष पदमा रामप्रसाद कँडेल १ हजार ६०८ मत प्राप्त गर्दै विजयी भए भने शशी कार्की १ हजार १७४ मतसहित उपविजेता बने। महासचिवमा दिवाकर पाण्डे विजयी भए। उनले १ हजार ६६० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी पुण्य रेग्मीले १ हजार २०१ मत पाए।

खुला सचिवतर्फ डिएन खराल र कृष्ण देवकोटा विजयी भए। खरालले १ हजार ८७९ र देवकोटाले २ हजार ३०९ मत प्राप्त गरे। भूपाल कार्कीले १ हजार ३५६ मतसहित उपविजेता बने।

निर्वाचन समितिका अनुसार कुल ३५०२ मतदाता मध्ये ३ हजार १२ मत खसेको थियो। मतदान प्रक्रिया शनिबार सम्पन्न भएको थियो। निर्वाचन पर्यवेक्षणका लागि गैरआवासीय नेपाली संघकी महिला संयोजक अनुजा प्रधान विशेष रूपमा वेलायत आएकी थिइन्।

निर्वाचन परिणाम गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्मा, सल्लाहकार चिरन्जीबी ढकाल, सहकोषाध्यक्ष कृष्ण तिमल्सीना, क्षेत्रीय महिला संयोजक परसुना कंडेल र संघका उपमहासचिव सोम सापकोटाको उपस्थितिमा सार्वजनिक गरिएको थियो।

यसैबीच, गैरआवासीय नेपाली संघ यूकेको साधारणसभा आज आइतवार अल्डरशटमा हुँदैछ। सो सभाले संघको वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम तय गरिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर