• २०८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025

स्वतन्त्र सांसद अमरेशकुमारले गरे रविको पक्षमा हस्ताक्षर

काठमाडाैं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सहकारी ठगी प्रकरणमा मुछिएर भैरहवा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् ।

उनले वनस्थलीस्थित घण्टीघरमा पुगेर ठुला दलहरूले ३० वर्षदेखि शासन गरेर नेपाललाई ऋण मात्रै बोकाएको आरोपसमेत लगाएका छन्

उनले रवि लामिछाने राजनीतिमा आएको तीन वर्ष मात्रै भएको बताए । अहिले जताततै भ्रष्टाचार मात्रै रहेको बताउँदै सिंहले नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी खरिदको भ्रष्टाचारबारे छानबिन नभएको गुनासो गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर