• २०८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025

अन्य सहयोग रोकिएपनि नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकाको निर्णय

काठमाडौं । विश्वव्यापी रुपमा अमेरिकी सहयोग कटौंती गरेको ट्रम्प प्रशासनले नेपालमा पनि युएसएड अन्तर्गतका प्रायः सबै कार्यक्रम रोकेको छ । तर नेपालमा निक्कै चचा र विवाद भएको एमसीसी परियोजना भने निरन्तरता दिने निर्णय गरेको छ । 

अमेरिकी सरकारले गत साता मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)लाई निर्वाध रुपमा सञ्चालन गर्न अनुमित दिने निर्णय गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

‘अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको छ र हामीले नेपाल सरकारलाई यस निर्णयबारे सूचित गराएका छौं,’ अमेरिकी दूतावासले भनेको छ, ‘५० करोड डलर बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलरको योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पुर्‍याउँछ ।’

यो निर्णयसँगै अब एमसीसी नेपाल कार्यक्रम निर्वाध रुपमा अघि बढ्न बाटो खुलेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर