• २०८२ श्रावण १६ शुक्रबार
  • Friday, 1 August, 2025

नाउपाको घर झगडाः रेशमले गरे भेला, रञ्जितालाई अध्यक्षबाट हटाएकाे पत्र निर्वाचन आयोगमा

काठमाडौं  । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेला काठमाडौंको नयाँ बानेश्वरमा चलिरहेको छ । केही बेरअघि सुरू भएको राष्ट्रिय भेलामा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय र अध्यक्ष रञ्जिता श्रेष्ठमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने जनाइएको छ ।

अध्यक्ष श्रेष्ठ भने राष्ट्रिय भेलामा अनुपस्थित भएकी छन् । पोखराको लिचीबारी जग्गाको घुसकाण्डमा मुछिएपछि उनले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक तोकेर पार्टीको जिम्मेवारीबाट हटेकी छिन् । उनी अध्यक्षमा बहाल नरहेको पत्र निर्वाचन आयोगमा पुगिसकेको नाउपाका एक सदस्यले बताए । तर, त्यो अध्यावधिक हुने सम्भावना नरहेको एक सदस्यले बताए ।

२०८० पुस मसान्तमा नाउपाले पहिलो महाधिवेशन गर्दै अध्यक्ष रेशम चौधरी बनाएको थियो । तर निर्वाचन आयोगले वैधता दिन अस्वीकार गरेको थियो । नाउपा श्रेष्ठ नेतृत्वको पुरानै २१ सदस्यीय कमिटीमा फर्किएको थियो । अहिले कार्यवाहक तोकिएका शिव बास्तोलालाई पनि निर्वाचन आयोगले चिन्दैन । उनी २१ सदस्यीय पुरानो कमिटीमा छैनन् । तर अध्यक्ष श्रेष्ठले नै उनलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएकी थिइन् ।

यसैबिच नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदबाट हटाएको जानकारी पत्र निर्वाचन आयोगलाई पठाएको छ । अध्यक्षले नै विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाइ उनलाई अध्यक्ष पदबाट हटाइएको पत्रमा उल्लेख छ ।

पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि उनले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् । त्यसको पार्टीभित्रैबाट विरोध भएको थियो । रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको थियो । रञ्जिताले तोकिएको समयभित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले आयोगलाई दिएको हो ।

रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो । अनुशासन समितिले गरेको कारबाहीलाई मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्ने जनाइएको छ । अनुशासन समितिमा सुनिता चौधरी र पुण्य बुढा छन् । पार्टीभित्र विवादित बनेकी श्रेष्ठबारे आवश्यक निर्णय लिन नाउपाको राष्ट्रिय भेला बुधबारका लागि बोलाएको छ । श्रेष्ठलाई कारबाहीका लागि अनुशासन समितिले गरेको निर्णयलाई राष्ट्रिय भेलाले अनुमोदन गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर