• २०८२ श्रावण १६ शुक्रबार
  • Friday, 1 August, 2025

कुलिङ पिरियडमा गडबडीः डा. शेखरले भने– मुख्य दोष समिति सभापतिको

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिलेको सरकारको विकल्प नभएको बताएका छन् । 

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा कोइरालाले दुई ठूला दल मिलेर बनेको सरकारको विकल्प नभएको बताएका हुन् ।  

डा.कोइरालाले भने,‘दुई ठूला दल मिलेर बनेको सरकारको विकल्प के हुन्छ त ? हामी चाहन्छौँ यो सरकार २०८४ सम्म नै जाओस् । तर, सरकारले राम्रो काम गर्नुपर्छ ।’ डा कोइरालाले सरकारको विकल्पका लागि संसदमा बहुमत हुनुपर्ने तर, कसैले पनि बहुमत पु¥याउन सक्ने अवस्था नभएकाले यो सरकारको अर्को विकल्प नभएको  स्पष्ट पारे । 

सुशासनका विषयमा आफूले जति कांग्रेसमा कसैले पनि नबाेलेको डा कोइरालाको दाबी छ । कर्मचारी विधेयकमा कुलिङ पिरियडको विषयमा सांसदहरूको पनि गल्ती भएको नपढी विश्वास गरेर पास गर्नु हुँदैन थियो भन्दै उनले कुलिङ पिरियडको विषयमा समितिका सभापति र एमाले मुख्य दोषी रहेको बताए । 

डा कोइरालाले भने ‘कुलिङ पिरियडको गडबडीमा हाम्रो पनि दोष छ । हामीले नपढी पास गर्न हुँदैन थियो । तर, मुख्य दोष समितिका सभापति र एमाले नेतृत्वको हो ।’ डा कोइरालाले एमालेले राष्ट्रियसभामा कुलिङ पिरियड हटाउन माग गर्दै संशोधन पेश गर्नुले गडबडीमा एमालेको संलग्नता स्पष्ट भएको दाबी गरे ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर