• २०८२ श्रावण १५ बिहीबार
  • Thursday, 31 July, 2025

एमालेले प्रदेश प्रमुख बनाएका अहिराज बालिका बलात्कार मुद्दामा थुनामा

काठमाडौं । नेकपा एमालेका तर्फबाट सिफारिस मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा' अहिराज'लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले बुधबार उक्त आदेश जारी गरेको हो ।आदेशसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

उनी यौन दुर्व्यवहार कसुरमा साउन ४ गते पक्राउ परेका थिए ।

उनी २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए । मधेश प्रदेश प्रमुख हुनुअघिसम्म उनी मधेशवाणी साप्ताहिक पत्रिका प्रकाशन लगायतका सञ्चार उद्यममा जोडिएका थिए ।

तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुगेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले त्यतिबेलाका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै उनलाई मधेशको प्रदेश प्रमुख नियुक्त गरेको थियो । कार्यकालको करिब ६ महिना नपुग्दै उनलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पदमुक्त गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर