सुप मुख्यमन्त्रीलाई विश्वासकाे मतः नाउपाकाे पहिला विराेध, अहिले समर्थन

 कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् ।

नाउपाकै कारण बिश्वासको मत लिनु परेका मुख्यमन्त्रीलाई नाउपाकै सांसद कैलाश चौधरीले पनि पक्षमा मतदान गरेका हुन् । नाउपाका ७ सांसद छन् । तीमध्ये ६ सांसद प्रदेश सभमा उपस्थित थिएनन् ।

उपस्थित भएका एक सांसद चौधरीले बिश्वासको मत दिएका हुन् । कांग्रेसको १८ र नेकपा एमालेको ११ मत पनि मुख्यमन्त्रीको पक्षमा आएको छ । ५२ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न २७ सांसदको समर्थन आवश्यक हुन्छ । आज शाहले २९ सांसदको समर्थन पाएका हुन् ।

मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गरे पनि दुई तिहाइ बहुमत भने गुमाएका छन् । २० साउन २०८१ मा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका संसदीय दलका नेता शाह दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

नेपाली कांग्रेसका १८ र नेकपा एमालेका ११ सांसदको शाहलाई समर्थन थियो । मुख्यमन्त्री नियुक्तपछि विश्वासको मत नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले पनि दिएका थिए ।

नेपाली कांग्रेस, नेकपा एमाले र नाउपा गरेर शाहले दुई तिहाइ बहुमत (३६ सांसद) पाएका थिए । तर एक वर्ष नपुग्दै मुख्यमन्त्री शाहले प्रदेश सभामा दुई तिहाइ बहुमत गुमाए । नाउपा सरकारमा सामेल उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर