मुलुकलाई लागू औषधमुक्त बनाउने गरी काम गराैं– गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौंकाे काेटेश्वरस्थित लागू औषध नियन्त्रण व्युराेकाे कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागू औषधकाे उत्पादन, भण्डार र प्रयोग ठूलाे चुनाैतिका रुपमा देखिएकाे बताए ।
उनले भने, "लागू औषधकाे प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति गर्छ । त्यसैले हामीले एक वर्षमा लागू औषधविरुद्धकाे महाअभियान लागू गरेका थियौं । त्याे अभियान सार्थक भएको छ ।"
विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागू औषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले बताए । "आगामी दिनमा थप प्रभावकारी ढंगले याे चुनाैतिकाे सामना गर्नु छ । स्राेत साधानकाे कमी भएपनि चहाँदा धेरै काम गर्न सकिन्छ । त्याे याे एक वर्षमा देखिएको छ," उहाँले भन्नुभयो । लागू औषधकाे विगविगी देखिएको भन्दै यसविरुद्धकाे अभियानमा सबैकाे सहयोग आवश्यक रहेकाे उनको भनाइ छ ।
"खास गरेर युवाहरुमा यसकाे लत देखिएको छ । देशकाे भविष्य जाेडिएकाे युवा शक्ति लागू औषधमा फसकाे देखिएकाे छ, उनले भने, "लागू औषधविरुद्धकाे महाअभियानले परिणाम ल्याएको छ । लागू औषधकाे अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन । लागू औषधविरुद्ध अभियान चलाउन आवश्यक छ । याे प्रहरीको मात्र हाेइन । सबै मानिसकाे जिम्मेवारी हाे ।"
यस्तै गृहमन्त्री लेखकले लागू औषध व्युराेलाई विभागकै रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । "लागू औषध व्युराेलाई विभागका रुपमा विकास गर्ने मैले प्रतिबद्धता जनाएको छु । मन्त्रालयबाट हुने सहयोग हुन्छ, " उनले भने ।
गृहमन्त्रीले लागू औषध व्युराेलाई विभागका रुपमा विकास गर्नका लागि तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशन दिए ।
प्रतिकृया दिनुहोस