दोत्ले खोला नजिक १७ जना सवार गाडी दुर्घटना

विराटनगर । खोटाङमा आज बिहान गाडी दुर्घटना हुँदा करिब १३ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

गाडी अनियन्त्रित भइ दाेत्ले खोला पुल नजिक भिरबाट खस्दा गाडिमा सवार १ जनको घटनास्थलमै मृत्यु भएको अनुमान गरिएकाे छ । घाइतेकाे घुर्मी को अस्पतलामा उपचार भैरहेको खबर प्रप्त भएको छ।

सोमबार बिहान आठबजे खोटाङको हलेसी तुवाचुङ नगरपालिका- १ दोत्लेखोलास्थित मध्येपहाडी लोकमार्ग सडक खण्डमा १७ जना सवार विङगर गाडी दुर्घटना भएको हो।

हलेसीबाट सिराहाको गोलबजारतर्फ जाँदै गरेको प्र.२-०१-००१ ज ००५३ गाडी आफैँ अनियन्त्रित भई सडकबाट करिब दुईसय मिटर तल खसेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते हुनेमा सिराहाकाे नरहा गाउँपालिका-५ बलुवा निवासी ३९ वर्षीय रञ्जित यादव, सोही ठाउँकी ७० वर्षीया कुस्मवती यादव, ७० वर्षीय राज यादव, सोही ठाउँका रामशरण ठाकुरकी श्रीमती (नाम खुल्न बाँकी) लगायत रहेका छन्। 

दुर्घटनामा घाइते भएकी रामशरण ठाकुरकी पत्नीसहितका केही घाइतेकाे अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ। घाइते मध्ये १३ जनालाई एम्बुलेन्समार्फत उपचारको लागि उदयपुरतर्फ पठाइएको छ।

दुर्घटनाको खबरपछि नम्बर ७ गुल्म हलेसीबाट प्रहरी निरीक्षक विष्णु बहादुर आलेको कमाण्डमा ११ जनाको टोली, हर्कपुर ओखलढुंगाबाट प्रहरी सहायक निरीक्षक विरेन्द्र कार्कीको कमाण्डमा १० जनाको टोली खटिएको छ। 

सवारी चालक भने घटना पश्चात् फरार रहेको बताइएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर