• २०८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025

एनटॉर्क डिस्क एफआईका आकर्षक नयाँ रङहरू सार्वजनिक

नवीनता, उत्कृष्ट इन्जिनियरिङ, र ग्राहक केन्द्रित सेवाका लागि परिचित टिभिएस नेपालले, ल्ब्क्ष्ःब् २०२५ अटो शोको तेस्रो दिन आफ्नो एनटॉर्क डिस्क एफआई स्कूटरको नयाँ कलर भ्यारीएन्ट सार्वजनिक गरेको छ। पाँच दिनसम्म चल्ने यो अटो शोमा ५० भन्दा बढी स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले गाडी, इलेक्ट्रिक सवारी (इभी), हाइब्रिड र वातावरणमैत्री सवारीहरू प्रदर्शन गर्नेछन्। 

एनटॉर्क डिस्क एफआई स्कूटर स्टल नम्बर एल३ए, हल बी मा तर्कोइस ब्लु र नार्दो ग्रेका दुई आकर्षकरङ्गहरु सार्वजनिक गरेको छ ।

आधुनिक यात्रुहरूलाई ध्यानमा राखी डिजाइन गरिएको एनटॉर्क डिस्क एफआईमा स्मार्ट प्रविधि र पफोर्मेंसलाई संयोजन गरिएको छ। परिष्कृत १२४.८ सिसीको ३–भल्भ फ्युल–इन्जेक्टेड इन्जिनले यो स्कूटरलाई सहज र शक्तिशाली बनाउँछ, जसले करिब ४५ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ। रेसिङ शैलीबाट प्रेरित यसको आकर्षक डिजाइन र टि–आकारको एलईडी टेल ल्याम्पले नेपाली सडकहरूमा सबैको ध्यान आकर्षण निश्चित छ।


नेपाली बजारको लागि रु २,८२,९०० मूल्य  निर्धारण गरिएको नयाँ एनटॉर्क डिस्क एफआई भ्यारीएन्टहरुमा  यस सेगमेन्टमै अगाडि रहने विशेषताहरू समावेश गरिएका छन् ।
- SmartXonnect™  ब्लुटुथ कननेक्टिभिटी
- टर्न–बाइ–टर्न नेभिगेसनसहितको पूर्ण डिजिटल मिटर
- उत्कृष्ट ब्रेकिङ नियन्त्रणको लागि अगाडिको डिस्क ब्रेक
- युएसबी चार्जिङ पोर्ट
- दैनिक प्रयोगमा सजिलो हुने बाहिरी फ्युल फिलिङ 
शैली, सुरक्षा र स्मार्ट फिचरको समायोजनले यो स्कूटरलाई आफ्नो क्लासमा एक उत्कृष्ट विकल्प बनाएको छ।

NAIMA २०२५ अटो शोमा सहभागी सबैलाई हल बी को स्टल नम्बर एल३एमा गई नयाँ एनटॉर्क डिस्क एफआई नजिकैबाट अवलोकन गर्न आमन्त्रण गरिन्छ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर