• २०८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025

अन्तर्राष्ट्रिय युवा दिवस: राष्ट्रपतिकाे सहभागितामा कार्यक्रम गर्दै युवा परिषद

काठमाडौँ । अगष्ट १२ अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँदै छ। ‘दिगो विकास र सुनौलो भविष्यको सार : स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ मूल नाराका साथ दिवस मनाउन लागिएको हो।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषदकाे आयाेजनामा दिवसको मूल समारोह बिहान १० बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना हुनेछ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि युवा नीति र आजकाे आवश्यकताका विषयमा प्यान छलफल हुने परिषदले जानकारी दिएकाे छ ।

परिषदले दिवसकाे सन्दर्भमा साताव्यापी विभन्न कार्यक्रमहरू गरिरहेकाे छ । 

दिवस मनाउन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा २८५ संस्थागत सदस्यसहित मूल समारोह समिति र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा १७ सदस्यीय सचिवालय गठन भएको थियो ।

सन् १९९८ को अगष्ट ८-१२ मा पोर्चुगलको लिसवनमा विश्वका १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको विश्वस्तरीय सम्मेलनले युवाको पक्षमा ८८ बुँदे घोषणापत्र जारी गरेको थियो। सम्मेलनको सिफारिस अनुसार १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औँ साधारण सभालेअगष्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवसमनाउने घोषणा गरेको थियो। 

सन् २००० देखि हरेक वर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर