भारतलाई पाकिस्तानको धम्की : भारतले कहिल्यै बिर्सन नसक्ने पाठ सिकाउनेछाैं

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले सिन्धु जल सन्धि निलम्बन गरेकोमा भारतलाई धम्की दिएका छन्। मंगलबार राजधानी इस्लामाबादमा आयोजित एक कार्यक्रममा शरीफले भने, 'शत्रु (भारत) ले पाकिस्तानबाट एक थोपा पानी पनि खोस्न सक्दैन। भारतले हामीलाई पानी आपूर्ति बन्द गर्ने धम्की दियो। यदि भारतईंले त्यसो गर्न प्रयास गर्यो भने पाकिस्तानले भारतलाई यस्तो पाठ सिकाउने छ कि भारतले आफ्नो जीवनकालमा कहिल्यै बिर्सने छैन।'
शरीफले यदि भारतले पाकिस्तानतर्फ बग्ने पानी रोक्न खोज्यो भने यो सिन्धु जल सन्धिको उल्लङ्घन हुने र यसको निर्णायक जवाफ दिइने धम्की दिए।
पाकिस्तानी प्रधानमन्त्रीले पानी पाकिस्तानको जीवनरेखा भएको र अन्तर्राष्ट्रिय सम्झौता अन्तर्गत देशको अधिकारमा कुनै सम्झौता नहुने बताए।
शाहबाज शरीफभन्दा पहिले पाकिस्तानका पूर्व विदेशमन्त्री बिलावल भुट्टोले भारतलाई युद्धको धम्की दिएका थिए। सोमबार एक विज्ञप्तिमा बिलावलले भनेका थिए कि यदि भारतले सिन्धु जल सन्धिलाई निलम्बन गरिरह्यो भने पाकिस्तानसँग युद्ध बाहेक अरू कुनै विकल्प रहने छैन।
भुट्टोले सिन्ध प्रान्तीय सरकारको एक कार्यक्रममा भने, 'मोदी सरकारले चालेका कदमहरूले पाकिस्तानलाई ठूलो क्षति पुर्याएको छ। हामीले एकजुट भएर यी आक्रामक नीतिहरूको जवाफ दिनुपर्छ।'
भुट्टोले दाबी गरे कि पाकिस्तानका जनता छ वटा नदी फिर्ता लिन लड्न सक्षम छन्।
४८ घण्टामा ३ नेताले दिए भारतलाई धम्की
पछिल्लो ४८ घण्टामा ३ पाकिस्तानी नेताहरूले सिन्धु जल सन्धि निलम्बनको सम्बन्धमा भारतविरुद्ध धम्कीपूर्ण बयान दिएका छन्। जसमा सेना प्रमुख असीम मुनीर, प्रधानमन्त्री शाहबाज शरीफ र पूर्व विदेशमन्त्री बिलावल भुट्टो रहेका छन्।
प्रतिकृया दिनुहोस