• २०८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025

मौसम पूर्वानुमानः मनसुन केही कमजोर

नेपालमा मनसुन केही कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरेको छ। जसका कारण फलस्वरूप नेपालमा मनसुन केही कमजोर हुने देखिएको हो।

मौसम महाशाखाले आज (साउन ३०, शुक्रबार) जारी गरेको बुलेटिनअनुसार आज दिउँसो  सुदूरपश्चिम प्रदेशलगायत पहाड भेगमा साधारणतया बदली (बाक्लो बादल) रही देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) हुने सम्भावना छ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। 

आज राति कोसी प्रदेशलगायत पहाड क्षेत्रमा साधारणतया बदली रही देशका बाँकी ठाउँमा आंशिक बदली रहने सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका थोरै स्थान र बाँकी पहाड तथा तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर