• २०८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025

फुटबल खेल्न भारत आउने भए रोनाल्डो

काठमाडौं । एएफसीले सञ्चालन गर्ने शीर्ष श्रेणीको क्लब फुटबल लिग एएफसी च्याम्पियन लिग एलिट खेल्न पाेर्चुगिज सुपरस्टार क्रिष्टियानाे राेनाल्डाे पनि आउने भएका छन् ।

एएफसीले शुक्रबार एएफसी च्याम्पियन्स लिग-२ का लागि ३२ क्लबलाई आठ समूहमा विभाजन गरेको छ। सबै समूहमा चार चार वटा क्लब छन्। 

जसमा समूह डी मा साउदी अरेबियाको प्रो लिग विजेता अल नासरसहित भारतको एफसी गोआ, इराकको अल ज्वारा एससी र ताजिकिस्तानको एफसी इस्तिकलोल छन्। अल नासबाट राेनाल्डाे खेलिरहेका छन् ।

यी क्लबहरुबीच समूह चरणमा होम एन्ड अवे खेल हुनेछन्। जुन खेलहरु सेप्टेम्बरमा सुरू भएर डिसेम्बरमा सकिनेछन्। तर म्याच डे खेल तालिका भने सार्वजनिक भइसकेको छैन।

रोनाल्डो एफसी गोआविरूद्धको खेलका लागि भारत आउने सम्भावना छ। फिट रहेमा उनी भारत आउनेमा अनुमान छ।

लिगमा नेपालका क्लबको यो सिजन सहभागिता छैन। नेपालको घरेलु लिग समयमै हुन नसक्दा अखिल नेपाल फुटबल संघले कुनै पनि क्लबको प्रतिनिधित्व गराउन नसकेको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर