लिभरपुलबाट गएका डियाजले खोले गोलको खाता, वार्यनलाई सिजनकाे पहिलाे उपाधि

एजेन्सी । लुइस डियाजले बायर्न म्युनिखमा डेब्यु गोल गर्दै बुन्डेस लिगा च्याम्पियनलाई जर्मन सुपर कपको उपाधि दिलाएका छन्।
शनिबार राति भएको फाइनलमा स्टुटगार्टलाई २-१ ले पराजित गर्दै बायर्नले उपाधि उचालेको हो।
बायर्नलाई च्याम्पियन बनाउन लुईस र ह्यारी केनले गोल गरे। डियाजले जर्मनीमा आफ्नो करियरको विजयी गोल गर्दै उत्सव मनाएका थिए।
गोलपछि डियाजले पोर्चुगलका फरवार्ड आन्द्रे सिल्भासँगै जुलाईमा कार दुर्घटनामा मारिएका आफ्ना पूर्व लिभरपुल टोलीका साथी डियोगो जोटालाई श्रद्धाञ्जली अर्पण गरे।
डियाज यो समरमा लिभरपुलबाट चार वर्षको सम्झौतामा बायर्न आएका थिए।
कोलम्बियाका विङ्गरले खेलको ७७ औँ मिनेटमा सर्ज ग्नाब्रीको क्रसमा हेडर गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे।
त्यसअघि इङ्गल्याण्डका कप्तान केनले पहिलो हाफको १८ औं मिनेटमा गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको ९३ औँ मिनेटमा जेमी लेवेलिंगले स्टुटगार्टको लागि सान्त्वना गोल गरे।
प्रतिकृया दिनुहोस