माओवादी कार्यकर्ता मंगल सिंह प्रजा पक्राउ

काठमाडाैं । प्रहरीले नेकपा माओवादी केन्द्रको पूर्वजनमुक्ति सेना मंगलसिंह प्रजालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले मंगलबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो।

एसपी दीपकराज अवस्थीले कानूनले वर्जित गरेका सामग्री सामाजिक सञ्जालमा प्रकाशन गरेकाे आधारमा बानेश्वरबाट पक्राउ गरिएको बताए।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको आरोप छ। उनले के कस्ता सामग्री राखेका थिए खुलेको छैन

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर